बढ्यो सुनको मूल्य

लोकपथ
154
Shares

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

आज सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (आइतबार) छापावाल सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिजो ९७ हजार ४०० रुपैयाँमा कारेबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारेबार भइरहेको छ ।

हिजो (आइतबार) १२ सय ७५ रुपैयाँमा कारेबार भएको चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?