काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताए । आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताएका हुन्।
उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए । उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए । मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए ।
अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताए । कृषि मेसिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताए ।
उनले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिँचाईको व्यवस्था लगायतका कामहरुलाई एकिकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया