रगतको मूल्य बढ्यो, प्रतियुनिट कति पुग्यो ?

लोकपथ
784
Shares

काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको छ ।

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

ब्लड ब्यागको मूल्य पनि १५० रुपैयाँ पुगेको छ । यसअघि ब्लड ब्यागको मूल्य ८० रुपैयाँ रहेको थियो ।

यसअघि ट्रान्सफ्युजन सेट ३० रुपैयाँबाट बढाएर १ सय रुपैयाँ पुर्याइएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?