मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै आले र खतिवडा पार्टी कार्यालयमा

लोकपथ
1.4k
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

योसँगै पर्यटन मन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरेलगतै आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।

अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?