काठमाडौं । आइतबार सुनको मूल्य ओरालो लागेको छ। आज सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको हो।
आज छापावाला सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम भएक्प नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको थियो।
त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया