काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) यो साता लगातार ओरालो लागेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि यही साता बजेट घोषणा गरेको थियो । बजेटमा केहीहदसम्म पुंजी बजार सुधारका बिषयहरु पनि समावेश गरिएका थिए । सोही आधारमा नेप्से बढ्ने अपेक्षा आम लगानीकर्ताहरुले गरेका थिए । तर नेप्सेमा बजेटको प्रभाव देखिएन ।
बजेट घोषणा भएको पहिलो दिन देखि नैंं घट्न थालेको नेप्से साताको अन्तिम कारोबार दिनसम्म निरन्तर कायम रह्यो । जसले गर्दा यो साता नेप्से दुई हजार ७८ दशमलव ७० अंकमा सिमित हुन पुग्यो भने सेन्सिटिभ इन्डेक्स पनि चार सय तीन दशमलव ४८ अंकमा पुगेर सिमित हुन पुग्यो । जसले गर्दा लगानीकर्ताहरु निराश हुन पुगे ।
सातामा पाँच कार्य दिन नैं नेप्से खुलेको भएपनि सबै दिन नेप्से घट्यो । जसअनुसार यो साता कुल सेयर कारोबार रकम पनि छ अर्ब २० करोड ३९ लाख १३ हजार दुई सय ६४ रुपैयाँमा सिमित हुन पुगेको छ । सातामा दुुई सय २९ वटा कम्पनीहरुको एक लाख २६ हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७६ लाख ६१ हजार सात सय ३५ कित्ता शेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको हो ।
यो कारोबार रकम गत साताको तुलनामा थोरैं मात्र बढी हो । गत साता नेप्सेमा पाँच अर्ब ६९ करोड १७ लाख १४ हजार एक सय ७२ रुपैयाँ मात्रको सेयर कारोबार भएको थियो । उक्त साता दुुई सय २६ वटा कम्पनीहरुको एक लाख १२ हजार नौं सय ५८ पटकको कारोबारमा एक करोड ६१ लाख ७८ हजार एक सय ४४ कित्ता शेयर किनबेच भएको थियो ।
नियमित कारोबारको लागि नेप्से यो साता पाँच काय दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन ५० दशमलव ३३ अंकले घटेर दुुई हजार एक सय ७३ दशमलव ४४ अंकमा झरेको नेप्से दोस्रो दिन पनि ३५ दशमलव ५३ अंकले घटेर दुुई हजार एक सय ९२ दशमलव ९२ अंकमा सिमित हुन पुगेको थियो ।
तेस्रो दिन पुन सात दशमलव १९ अंकले घटेर दुुई हजार एक सय ३० दशमलव ७३ अंकमा झरेको नेप्से चौंथो दिन १८ दशमलव २६ अंकले घटेर दुुई हजार दुई सय १२ दशमलव ४७ अंकमा सिमित भएको थियो । पाँचौं दिन पनि नेप्से ३३ दशमलव ७६ अंकले घटेर दुुई हजार ७८ दशमलव ७० अंकमा खुम्चिन पुगेको थियो ।
यसैगरी पहिलो दिन १० दशमलव ३३ अंंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्र्रो दिन सात दशमलव ११ अंंकले घटेर चार सय १५ दशमलव ६३ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पुन एक दशमलव १६ अंंकले घटेर चार सय १४ दशमलव ४७ अंकमा झरेको सेन्सिटिभ चौंथो दिन तीन दशमलव ८१ अंंकले घटेर चार सय १० दशमलव ६६ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स सात दशमलव १८ अंंकले घटेर चार सय तीन दशमलव ४७ अंकमा खुम्चिन पुगेको थियो ।
नेप्सेमा यो साता नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २२७ २६९४९ ३४५६५२९ १३३८८५६२८२
दोस्रो दिन २२९ २७५१९ ३७६९८१२ १३१७६९९०९०
तेस्रो दिन २२७ २३१३४ ३०२००६७ १०७८४८४१८२
चौंथो दिन २२७ २१८३३ ३५६६८१९ ११६१५१४१६९
पाँचौं दिन २२६ २६६९३ ३८४८५०८ १३०७३५९५४१
कुल १२६१२८ १७६६१७३५ ६२०३९१३२६४
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया