चुनावी सरकारले किन ल्यायो पूर्ण बजेट ? यस्तो छ अर्थमन्त्रीको प्रस्टीकरण

लोकपथ
63
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा सरकार जस्तो परिस्थितीमा भए पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने प्रावधान अनुरुप बजेट ल्याएको बताएका छन् ।

शुक्रबार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध पेस भएको सार्वजनिक महत्वको प्रस्तावपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

केही महिनामा चुनाव हुने र त्यस्तो बेलामा चुनावी सरकारले पूर्ण बजेट ल्याएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नको खण्डन गरेका हुन् ।

‘मैले संविधानमा यति महिनाका लागि मात्रै बजेट बनाउने भन्ने रहेनछ ।’ उनले भने, ‘सरकारले जस्तो परिस्थितीमा पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने भन्ने छ । मैले प्रस्तुत गरेको हुँ ।’

त्यसैगरी अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा सरकारले ९ प्रतिशत भन्दा केही बढी मात्रै भएको बताए ।

संसदमा उठेका प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदै विज्ञहरु, राजनीतिक दलका नेताहरुसहित सबैलाई समेटेर ल्याइएको बताउँदै त्यसलाई सरकारको बजेट मात्र भन्न नमिल्ने बताए ।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघिल्लो पटक देखिएका समस्याहरुलाई निराकरण गर्दै कृषिसँग जोड्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?