एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार आरोप लगाउनुएको बताए । ओलीको सो अभिव्यक्ति झुठो, निराधार र पूर्वाग्रही रहेको भन्दै उनले आपत्ति प्रकट गरे । सोही क्रममा ओलीप्रति गरिएको टिप्पणीका कारण एमाले सांसदहरुले बैठक अवरोध गरेसँगै १५ मिनेटको लागि स्थगित भएको हो ।

मन्त्री बडूले भनेका थिए– ‘कुन आधारमा भनियो नेपाल आयल निगमलाई खारेज गरिएर कमिशन खाएर, आधा कमिशन खायो, आधा कमिशन बाँकी छ भन्नेजस्तो झुठा, निराधार, पूर्वाग्रही नै हो त्यो अभिव्यक्ति । त्यो अभिव्यक्ति प्रतिपक्षी दलको नेताले आधारहिन र झुठा आरोप लगाएको छ । यो आरोप खेदजनक छ । र यसको हामी बिरोध गर्छौ । यो आपत्तिजनक छ । यो अधारहिन छ । झुठा छ र पुर्वाग्रही छ ।’

उनले कुन आधारमा सो आरोप लगाएको हो त्यसको जवाफ दिन पनि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?