हिमालयन बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । बैंकको एक हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपैयाँ रकम बराबरको १० दशमलव ५० प्रतिशत ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो।

उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर जबरा र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्काशन गरिने बैंकले जानकारी दिएको छ । काठमाडौंको कमलादीस्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका सात वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?