सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
आइतबार आएको अन्तिम परिणाम अनुसार गठबन्धन र अन्य राजनीतिक दललाई पछि पार्दै निर्वाचित साम्पाङले सोमबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।
धराने जनताको समस्याहरुलाई लिएर निरन्तर खबरदारी गर्दै आएका साम्पाङले स्वतन्त्रको लौरो चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए । सामाजिक क्षेत्रमा बढेको बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष गरेका साम्पाङले सुशासन र पारदर्शिताको बारेमा वकालत गर्दै आइरहेका छन् ।
जनताको समस्याहरुलाई सधैँ आत्मसाथ गरेर वकालत गरेका उनीबाट परिवर्तनको आशा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया