गोविन्दराजका छोरा व्यासमा हारे

लोकपथ
0
Shares

छोरालाई मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा खडा गरेका पूर्वमन्त्री गोविन्दराज जोशी आफ्नो पक्षमा नतिजा ल्याउन असफल बनेका छन् । अघिल्लो निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टीबाट निष्काशनमा परेका उनले यो स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा दीपकराज जोशीलाई मेयरको रुपमा अघि सारेका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका जोशी काँग्रेसका उम्मेदवारसँग पराजित भएका छन् । व्यासको मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन् । पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।
व्यासमा गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?