जनकपुर अपडेट : गठबन्धनका उम्मेदवारको लज्जास्पद मत

लोकपथ
1k
Shares

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ ।

मेयर पदमा उनले ९७७४ मत पाएका छन् भने एमालेका शिव शंकर साहले ७६०४ मत पाएका छन्

यसैगरी लोसपाका मनोज चौधरीले ३९५८ मत पाउँदा गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले मात्र ३३६१ मत पाएर कमजोर प्रदर्शन गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ३०८५ मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार किशोरी साहले १०९९५ मत पाउँदा एमालेकी रुणा देवी झा ८६६१ का साथ पछिपछि रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?