काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । आङदेम्बेले ५ हजार ७ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनले उनका प्रतिस्पर्धी वीरबहादुर कुरुम्बाङको भन्दा १ हजार ९८ मत बढी ल्याएका हुन् ।
तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे वीरबहादुर कुरुम्बाङसंग पराजित भएका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया