बालेनकाे लाैराेमा उपमेयरकाे लागि पनि भाेट

लोकपथ
5.9k
Shares

काठमाडौं । उम्मेदवारी नै नपरेको बालेन शाहको चुनाव चिह्नमा पनि मत खसेको छ । काठमाडौं महानगरको निर्वाचनमा स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले पाएको लौरो चुनाव चिह्नमा उपमेयरको लागि पनि मतदाताले मतदान गरेका छन् । तर, लौरो चिह्नमा उपमेयरको कुनै उम्मेदवार भने थिएनन् ।

लौरो चिह्नमा उपमेयरको लागि पनि मतदान भएको छ । अहिलेसम्म ९५ मत लौरो चिह्नको उपमेयरमा परेको छ । बालेनले मेयरमा उम्मेदवारी दिँदा लौरो चुनाव चिह्न पाएका थिए तर, उपमेयरमा चाहिँ कुनै पनि उम्मेदवारी परेको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?