काठमाडाैं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म निर्विरोधसहित १४ पालिकामा विभिन्न पार्टीका उम्मेवारहरु निर्वाचित भइसकेका छन् ।
१४ पालिकामध्ये ६ पालिकामा एमालले जित हासिल गरेको छ भने बाँकी ८ पालिकामा गठबन्धनले जितेको छ । जसमा कांग्रेसले ५, माओवादीले १ र एकीकृत समाजवादिले २ पालिका जित हाँसिल गरेका छन् ।
कांग्रेसले कहाँ कहाँ जित्यो ?
१ मुस्ताङको घरपझोङ गाउँपालिकार
२ मनाङको नार्पाभूमि गाउँपालिका
३ मनाङको नासोँ गाउँपालिका
४ डडेलधुराको गन्यापधुरा गाउँपालिका
५ गुल्मीको रेसुंगा नगरपालिका
एकीकृत समाजवादीले कहाँ कहाँ जित्यो ?
१ डोल्पाको काइके गाउँपालिका ( निर्विरोध )
२ डोल्पाको छार्का साङतोङ गाउँपालिका ( निर्विरोध )
माओवादी केन्द्रले कहाँ कहाँ जित्यो ?
१ डोल्पाको जगदल्ला गाउँपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया