केपिलासगढी-१ मा वडाध्यक्षमा कांग्रेसका राई विजयी

लोकपथ
105
Shares

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मतसहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार वीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?