काठमाडौं । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेको छ । अहिलेसम्म एक हजार १ सय ५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ५२४ मतका साथ अग्रस्थानमा छन् ।
हमाललाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले ३३७ मत ल्याएका छन् । त्यसतै एमालेका उम्मेदवार रणबहादुर चन्द ४९ मतका साथ तेस्रो स्थामा रहेका छन् ।
हमाल २०७४ को स्थानीय तहको चुनावमा पनि मेयर उम्मेदवार थिए । उनलाई निवर्तमान मेयर तथा हालका कांग्रेस उम्मेदवार नृपबहादुर वडले पराजित गरेका थिए ।
यी दुवै उम्मेदवार पुनः चुनावी मैदानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया