काठमाडौं । तीन वटा पालिका रहेको पूर्वी रुकुममा नेकपा माओवादीलेले अग्रता लिएको छ । पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा मतगणना भइरहेको छ भने सिस्ने गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन ।
मतगणना भइरहेको पुथा उत्तरगंगामा माओवादीको अध्यक्ष उम्मेदवारले ४ सय १० मत ल्याउँदा एमालेले २ सय ४७ मत ल्याएको छ । त्यसतै उपाध्यक्षमा माओवादीकै भुपेन्द्रा बुढाले ४ सय ११ मत ल्याउँदा एमाले उपाध्यक्ष उम्मेदवार धर्म घर्ती बुढाले २ सय ४९ मत ल्याएकी छिन् ।
त्यसतै भूमे गाउँपालिकामा पनि मत गणना जारी छ । यहाँ पनि माओवादीकै अग्रता रहेको छ । माओवादीका उम्मेदवार होमप्रकाश श्रेष्ठले २ सय ५३ मत ल्याएका छन् भने उपाध्यक्षकी उम्मेदवार सविना बुढाले २ सय ४७ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया