काठमाडौं महानगरको मतगणना तीव्रता, ५ वटा वडाको मत गन्दै

लोकपथ
2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्रता दिइएको छ । सुरुमा १ र ३२ वडामा मत गणना सुरु गरिएकोमा हाल अन्य तीनवटा वडाको समेत मतगणना गर्न सुरु गरिएको हो ।

निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी रहेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?