कृषि मन्त्री यादवले भने-‘कौडेना गाउँपालिकामा पुनः मतदान गर्नैपर्छ’

लोकपथ
476
Shares

सर्लाही । वैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा भएको धाधलीका कारण उक्त मतदान केन्द्रमा जनताहरु मतदानबाट बन्चित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) का शिर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।

काङ्ग्रेस बाहेक यस कौडेना गाउँपालिकाका सम्पूर्ण जनता र विभिन्न पार्टीका उम्मेदवारहरुले उक्त बुथमा भएको मतदान रद्द हुनुपर्ने माग गरेको उनले जनाएका छन् । सरकारले यसमा पहल गरेर निर्वाचन आयोगले निस्पक्ष रुपले पुनः चुनाव गर्नुपर्ने उनको राय रहेको छ ।

लोकतन्त्रको अनुभुती सम्पुर्ण जनताले गर्न पाउनुपर्ने बताउदै मन्त्री यादवले भने, उक्त मतदान केन्द्रमा पुनः मतदान गर्नैपर्छ । सम्पूर्ण जनताको अधिकार र मौलिक हक सुनिश्चितताको लागि पुनः मतदान गर्नैपर्ने उनले ठोकुवा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?