काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णहरी महर्जन १ हजार ४ सय ६६ मतका साथ अग्रस्थानमा रहेका छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका रामेश्वर बोहराले १ हजार २ सय ७८ मत ल्याएका छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका लवकुमार बस्नेतले २ सय ५३ मत प्राप्त गरेका छन् भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार बसन्तकुमार बस्नेतले १ सय २३ मत प्राप्त गरेका छन् ।
यता, उपप्रमुखमा नेपाली कांग्रेसकी सृजना बुर्लाकोटीले ९ सय ३४ मत प्राप्त गर्दै अग्र स्थानमा रहेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेकी भवानी डोटेल धितालले ७ सय ९३मत ल्याएर बुर्लाकोटीलाई पछ्याइरहेकी छिन् । त्यस्तै, माओवादी केन्द्रका धनलाल महर्जनले २९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया