धरान उपमहानगरपालिकामा गठबन्धनको अग्रता

लोकपथ
903
Shares

काठमाडौं । धरान उपमहानगरपालिकामा अहिले वडा नम्बर–१, २ र ३ मा मतगणना जारी छ ।

३०० मत गणना गर्दा सत्ता गठबन्धनका उम्मेदवार किशोर राईले १११ मत ल्याइ अग्रता लिएका छन् । यस्तै, स्वतन्त्र उमेदवार हर्क सम्पाङले ७९ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेकी उमेदवार मन्जु भण्डारीले ५३ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेदवार अइन्द्र बेघाले १२५ मत प्राप्त गरेका छन् । एमालेका पदम लिम्बूले ७६ मत पाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?