बारामा मतगणना सुरु

लोकपथ
70
Shares

बारा । बाराका स्थानीय तहरूमा मतगणना सुरु भएको छ । १६ स्थानीय तहमध्ये पचरौता नगरपालिका बाहेकका पलिकामा मतगणना सुरु भएको हो ।

करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाँउपालिका र विश्रामपुर गाउँपालिकामा मतगणना सुरु भएको हो ।

यस्तै, जितपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर २४ बाट २५ सय मतगणना भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनको अग्रता देखिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ को जारी मतगणनाअनुसार नगरको प्रमुख पदमा गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्मको मतगणनाअनुसार प्रमुख पदमा लोसपाभन्दा गठबन्धन एक मतले अगाडि छ । गठबन्धनका प्रमुख उम्मेदवार राजन पौडेलले ५६९ प्राप्त गर्दा लोसपाका संजय साहले ५६८ मत प्राप्त गरेका छन् । उक्त वडामा करिब तीन सय मत गणना हुन बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उपप्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाही अगाडि देखिएकी छिन् । उपप्रमुख पदमा लोसपाकी बिपी मोक्तानले ६६ मत प्राप्त गरेकी छिन् ।

वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सुलतान अंसारीले ६०५ मत प्राप्त गर्दा लोसपाका कलामुद्धिन मिया अंसारीले पाँच सय ६६ मत प्राप्त गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा जित हात पारेको एमालेले भने उक्त वडामा २७७ मत मात्र प्राप्त गरेको छ ।

एमालेले उक्त वडाबाट प्रमुख र उपप्रमुख पदका लागि समान २७५र२७५ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?