बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११ को वडाध्यक्षमा नेकपा (एमाले) का जयदत्त पन्त निर्वाचित भएका छन् । पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
यसअघि सुरनया गाउँपालिका वडा न।१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा कांग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए ।
यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया