इलाम । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानलै विजयी भएको छ ।
गठबन्धनका उम्मेदवार दिलकुमार लिम्बुलाई ५४ मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार नविन लिम्बु बिजयी भएका हुन् । दिलकुमार लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत पाएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।
सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । सो वडाबाट अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।
उपाध्यक्षमा गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत पाएकी छिन् । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया