म्याग्दे गाउँपालिका अध्यक्षमा एमालेको अग्रता

लोकपथ
294
Shares

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार श्रीप्रसाद श्रेष्ठको अग्रता कायमै रहेको छ ।

एक हजार ७०० मत गन्दा श्रेष्ठले ८२६ मत पाएका छन् । एमालेकी उपाध्यक्षकी उम्मेदवार रत्ना घिमिरेले ६५८ मत पाएकी छन् ।

कांग्रेसबाट अध्यक्षकी उम्मेद्वार मायादेवी रानाले ५९८ र उपाध्यक्षका उम्मेदवार बालकृष्ण घिमिरेले ७०८ मत प्राप्त गरेका छन् । कांग्रेसका राना र घिमिरेले दोस्रो कार्यकाल दोहोर्‍याउने दाउमा उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?