स्याङजाको हरिनासमा गठबन्धनको अग्रता

लोकपथ
252
Shares

स्याङजा । स्याङजाको हरिनास गाउँपालिकामा गठबन्धन उम्मेदवारले अग्रता कायम गरेका छन् । सुरुदेखि नै अगाडि रहेका गठबन्धन दलको उम्मेदवारको अग्रता बढ्दै गएको छ ।

अहिलेसम्म गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका टोपबहादुर भुजेलले एक हजार ४५९ मत पाएका छन् । उपाध्यक्षकी उम्मेदवार मिठु लम्सालले एक हजार ४४५ मत पाएकी छन् ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले एक हजार ४३ र उपाध्यक्षका उम्मेदवार इन्द्रकुमारी रानाले एक हजार ४३ मत पाएकी छन् ।

हरिनास गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ को अध्यक्षमा इन्द्रबहादुर गुरुङ र वडा नम्बर २ मा चिबहादुर थापा विजयी भएका छन् । वडा नम्बर १ मा गएको निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो । वडा नम्बर २ एमालेले जितेको वडा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?