पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उम्मेदवारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नु पर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया