मनाङ अपडेट : चामेपछि डिस्याङ गाउँपालिकामा पनि एमाले विजयी

लोकपथ
329
Shares

मनाङ । जिल्लाको डिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार कान्छा घलेले विजयी हासिल गरेका छन् ।

भर्खर आएको अन्तिम नतिजा अनुसार गाउँपालिका अध्यक्षमा विजयी घलेले ८६१ मत ल्याएका छन् । भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार छिरिङ ओङ गुरुङ (घले) ले ७ सय १३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै डिस्याङका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मतसहित जित हासिल गरेका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको थियो । भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रिन्जेन दोर्जे गुरुङले ७१९ मत ल्याएका छन् ।

यसअघि शुक्रबार नै जिल्लाको चामे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । देशभरकै पहिलो गाउँपालिका प्रमुखमा लोकेन्द्र बहादुर घलेले जित हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?