सुर्खेत । कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत सेवा अवरुद्ध भएको हो ।
शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया