कुमाख गाउँपालिका-७ मा माओवादी केन्द्रको प्यानल विजयी

लोकपथ
350
Shares

काठमाडौं । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् ।

शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। वडा नं- ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो।

कुल मतदाता १९८९ रहेको वडा नं- ७ मा १३३८ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?