मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिमा मतगणना जारी छ ।
जारी मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । प्राप्त जानकारी अनुसार उपमहानगरपालिका वडा नं १ को १४५ मत गणना गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता कायम गरेका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रपाका उम्मेदवार दिपक सिंहले ५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ६६ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ६२ मत प्राप्त गरेकी छिन् । यता राप्रपाकाबट उपमेयरको उम्मेदवार बनेकी इन्दिरा डल्लाकोटीले ७ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया