विराटनगर महानगरपालिकाको मतगणना सुरु

लोकपथ
245
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । दलहरुबीच ६ वटा कोठाबाट मतगणना सुरू गर्न सहमति जुटेको हो ।

वडा नं १, २ र ३ तथा वडा नं १९, १८ र १७ को मतगणना सुरु भएको छ । विराटनगरमा मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?