दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु

लोकपथ
210
Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना सुरु भएको छ।

बिहान सर्वदलीय बैठक सकिएपछि घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।

घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी पनि प्रतिष्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?