काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवारले अग्रता लिएका छन् । जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए।
त्यस्तै, नेपाली कांग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया