छांगरु र तिंकरको मतपेटिका ल्याउन सेनाकाे हेलिकप्टर प्रस्थान

लोकपथ
91
Shares

दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदैछ । नेपालतर्फबाट बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।

दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ ।

गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याइएको थियो ।

जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु र तिंकरको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?