काठमाडौं । बुटवल उपमहानगरपालिकाको मतगणना गर्नका लागि अझैसम्म सर्वदलीय बैठक बसेको छैन । मतपेटिका संकलन गर्न ढिला भएपछि अन्य प्रकृया पनि पछाडि सरेको हो।
बुटवलमा अहिले तथ्यांक कम्प्युटरमा राख्ने काम हुँदैछ । त्यसपछि सर्वदलीय बैठक बस्ने छ। उक्त बैठकले निर्णय गरेपछि रातिबाट नै मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
बुटवलमा कुल ९० हजार ४०४ मतदाता मध्ये ६२ हजार १०१ मत खसेको छ।
बुटवलको मेयरको उम्मेदवारमा गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया