देशभरका ३४ स्थानमा मतदान स्थगित

लोकपथ
2.5k
Shares

काठमाडौं । देशभरबाट कूल ३४ स्थानमा मतदान स्थगित भएको छ । नेपाल प्रहरीका अनुसार देशका विभिन्न स्थानमा भएको झडप र विवादका कारण ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो ।

निर्वाचन आयोगले आज मतदान स्थगित भएका स्थानमा नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ ।

सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।, यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

यता, लुम्बिनी प्रदेशमा सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ । कर्णालीका ३ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । उ ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?