राष्ट्रिय सभागृहमा लगिँदै काठमाडौं महानगरको मतपेटिका

लोकपथ
98
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ ।

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।

काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?