सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित, अब जेठ १ गते मात्र मतदान हुने

लोकपथ
49
Shares

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ को रहेको हरिरबा जनता मावि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

स्थगित भएको निर्वाचन आगामी जेठ १ गते मात्र हुने भएको छ । मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

निर्वाचन अधिकृतले निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको बताएका छन् ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?