एक मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा विवाद

लोकपथ
1.4k
Shares

काठमाडौ‌ं । काभ्रेको चौ‌ंरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने जानकारी दिए ।

‘अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छु,’ उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?