कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् ।
उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् ।
उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए ।
परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया