काठमाडाैं । काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । काठमाडौंका अन्य पालिकाहरुमा भने निर्वाचन अधिकृतको कार्यालयमा गणना हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनकारी दिएका छन् ।
खतिवडाका अनुसार काठमाडौं महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ र सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । साथै एकपटकमा ५ वटा वडाको गणना गर्ने तयारी रहेकाेसमेत काठमाडौं मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।
राष्ट्रिय सभा गृहको मत गणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ । यसै गरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएकाे छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौंका सबै पालिकाका मत गणना स्थलमा तारजाली लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया