काठमाडौँ । भाेली(शुक्ररबार) हुन गइरहेकाे स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नम्बर १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नम्बर ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसै गरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ ।
वडा नम्बर १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ जना मात्र मतदाता छन् । यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा ३ हजार ९३९ जना मतदाता छन् । वडा नम्बर २३ मा ४ हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ । वडा २० मा ४ हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ ।
महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा वुथ छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ वटा केन्द्र छन् । यसै गरी वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् ।
सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र रहेकाे छ । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै वुथ भएको वडा हो १६ नम्बर वडा । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा वुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा वुथ छन् ।
मतदान केन्द्रकाे विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया