अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

लोकपथ
56
Shares

नेकपा (एमाले) इलाम सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । पछि सशस्त्र प्रहरीले सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएकोे छ । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?