राजनीतिक नेतृत्वले आर्थिक नियमकानुनभित्र बस्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियमकानुन भित्र बस्नु पर्ने बताएका छन् ।

महालेखा परीक्षकको २०७४÷०७५  लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस विषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको शासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन् । “के कारणले बेरुजु भएको हो ?” प्रधानमन्त्री ओलीले भने “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो । त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन् । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन” प्रधानमन्त्री ओलीले भने “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यहीँ बिराम लगाउनु पर्दछ ।”

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४÷०७५मा  ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?