काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो कार्यकालमा काण्डैकाण्ड घटाएको आरोप लगाएको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले काण्डै काण्ड घटाएको भन्दै फेहरिस्त सुनाएका छन् ।
‘काण्डको नाम लिएर साध्य छैन । ओम्नी काण्ड, सुन काण्डदेखि लिएर काण्डैकाण्ड ।’ उनले भने, ‘यतिधेरै काण्डकी संसद विघटन काण्ड । ३३ किलो सुन काण्ड, सिन्डीकेट काण्ड, निर्माण व्यवसायी धरपकड काण्ड, वाइडबडी काण्ड, गोकर्ण रिसोर्ट काण्ड, गुठी विद्येयक काण्ड, सुरेन्द्र यादव अपहरण काण्ड, चार्टर्ड उडान काण्ड, प्रिन्टिङ प्रेसको ७० करोड काण्ड, बुढी गण्डकी काण्ड, रेलवे ट्रयाक ठेक्का काण्ड, फास्ट ट्रयाक ठेक्का काण्ड, संसद बैठक अवरोध काण्ड, बजेटमा चकलेट र विद्युतीय गाडी सम्बन्धी गोपनियता चुहाएको काण्ड काण्डै काण्ड छन् । अरु त कति काण्ड । संविधान र कानुनको धज्जी कसले उडायो ?’
त्यसैगरी नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको बारेमा समेत चर्चा गरेका थिए । नेकपा एमालेले आफ्नो कामलाई जनतासम्म राम्रोसँग प्रचार गर्न जान्ने गरेको तर कांग्रेसले प्रचार गर्न नसकेको भन्दै प्रचारप्रसारमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
त्यस्तै वृद्धभत्ताको विषयमा एमालेले अफवाह फैलाएको भन्दै आफूहरुले ५ सयबाट १ हजार पुर्याएको उनले बताए ।
‘वृद्धाभत्ता हाम्ले बढाएको हो । ५ सय बाट १ हजार पुर्याएको हामीले नै हो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया