तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) नेकपा मालेबाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।
लम्सालले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाली कांग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया