जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस

लोकपथ
147
Shares

काठमाडौं । सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह ४ बजे बजेट संघीय संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १४ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?