पोखरामा आज गठबन्धनको चुनावी सभा, देउवा र प्रचण्डसहित शीर्ष नेताहरुको सम्बोधन

लोकपथ
259
Shares

पोखरा । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गर्दै छ । महानगर र कास्कीलक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउने क्रम सुरु भएको छ ।

गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा बृहत् चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिनेछ । सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौती छ ।

त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् । एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेदवारमा कांग्रेस नेतृ कोपिला रानाभाट छिन् ।

यसैबीच, गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिह्न प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?